बाँकेमा मंगलवार ३२ जना डिस्चार्ज

सदरलाइन संवाददाता १८ कार्तिक २०७७, मंगलवार ०८:४४
 

नेपालगञ्ज : बाँकेमा मंगलवार ३२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २१ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ६० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


अब आइसोलेशनमा २ सय १८ जना छन् । बाँकेमा हालसम्म ३ हजार २ सय १२ जनामा कोरोना पुष्टि भएको छ भने ३४ जनाको मृत्युु भइसकेको छ ।

Next Post

वडासदस्य परियारको स्मृतिमा शोकसभा

१८ कार्तिक २०७७, मंगलवार ०८:४४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले वडासदस्य शान्तिदेवी परियारको निधनप्रति दुःख व्यक्त गर्दै मंगलवार श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जलीसभामा मेयर डा. धवलशम्शेर राणाले परियारको निधनले नेपालगञ्जले एकजना कर्मठ र शालिन ब्यक्ति गुमाएको बताउँदै उनीबाट सधैं सकारात्मक सहयोग प्राप्त भएको बताए । कार्यक्रममा उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा […]