बाँकेमा सोह्र जना कोरोनामुक्त

सदरलाइन संवाददाता २५ आश्विन २०७७, आईतवार १५:५०
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । ११ पुरुष र ५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।


योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अब ५ सय ३४ जना आइसोलेशनमा छन् । हालसम्म २ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि हुँदा २६ जनाको मृत्यु भएको छ ।

Next Post

भेरीको परीक्षणमा ३३ जनामा कोरोना पुष्टि

२५ आश्विन २०७७, आईतवार १५:५०
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले गरेको परीक्षणमा आइतवार थप ३३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९० जनाको परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालले दिउँसो दिएको जानकारीअनुसार बाँकेका १७ र बर्दियाका १५ गरी ३३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये […]