लोडसेडिङ मुक्त भनिएकै दिन नेपालगन्जमा घण्टौ गयो बिद्युत

३१ बैशाख २०७५, सोमबार १४:५३
 


सदरलाइनडटकम
३१ बैशाख, नेपालगन्ज :  १५ वर्षपछि नेपाल लोडसेडिङ मुक्त भएको भनिएका बेला सोमबार नेपालगन्जमा भने दर्जनौ पटक बिद्युत काटियो । देशभर लोडसेडिङ मुक्त गरिएको भने पनि नेपालगन्जमा नियमित बिद्युत अवरुद्ध भएपछि धेरैले यसलाई ‘मजाक’ ठानेका छन् ।
सामाजिक सन्जालमा नेपालगन्जका पत्रकार जयनारायण शाहले भने,—‘ लोडसेडिङ मुक्त देश भनिएका बेला नेपालगन्जमा भने १० पटक बिद्युत गएको छ । यो किन ?’ धेरैले आलोचना गरिएको छ । आईतबार राती आएको हावाहुरीले बिद्युत लाईनमा समस्या गरेका कारण पनि बिद्युत अनियमित भएको अनुमान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ। प्राधिकरणले औद्योगिक क्षेत्रमा गर्दै आएको तीनघण्टे लोडसेडिङ अन्त्य गरेको भन्दै आजबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार खोला र नदीमा पानीको वहाव बढेसंगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, संरचनागत सुधार र अपुग विद्युत भारतबाट आयात गरेकाले १५ वर्षपछि लोडसेडिङ अन्त्य भएको हो। दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङ प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि घटेको थियो । सन् २००३ देखि सुरु भएको लोडसेडिङ २०७३ सालको तिहारबाट काठमाडौँ लगायतका मुख्य शहरमा अन्त्य गरिएको थियो ।
शहरमा लोडसेडिङ नभएपनि औद्योगिक क्षेत्रमा भने दैनिक तीन घण्टा लोडसेडिङ हुने गरेको थियो ।

Next Post

प्रदेश नं ५ को बजेट अधिवेशन सोमबारदेखि शुरु

३१ बैशाख २०७५, सोमबार १४:५३
सदरलाइनडटकम ३१ बैशाख, नेपालगन्ज : प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५र७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । मुख्यमन्त्री पोखरेलले […]