नेपालमा एकैदिन भेटिए ३४ सय बढी कोरोना संक्रमित

सदरलाइन संवाददाता २१ आश्विन २०७७, बुधबार १६:३९
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभरमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय २६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।


देशभर हाल २५ हजार ७ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।

Next Post

भेरी अस्पतालमा उपचारत दाङ्गकी कोरोना संक्रमित महिलाको मृत्यु

२१ आश्विन २०७७, बुधबार १६:३९
नेपालगञ्ज  : कोरोना संक्रमणका कारण भेरी अस्पतालमा उपचारारत एक महिलाको मृत्यु भएको छ । दाङको घोराही नगरपालिका वडा नं. १५ निवासी ३५ बर्षिया महिलाको उपचारको क्रममा ज्यान गएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट यहि असोज १७ गते उनको स्वाव परिक्षणका लागि […]