कोरोनाबाट बर्दियाका क्याम्पस प्रमुखको मृत्यु

सदरलाइन संवाददाता १० आश्विन २०७७, शनिबार १६:२१
 

नेपालगञ्ज : कोरोना संक्रमणका कारण बर्दियाका एकजना क्याम्पस प्रमुखको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ५० वर्षीय क्याम्पस प्रमुखको शनिवार मृत्यु भएको हो ।

असोज ३ गते संक्रमण पुष्टि भएका क्याम्पस प्रमुख होम आइसोलेशनमा बस्दै आएका थिए । गम्भीर स्वास्थ्य समस्या भएपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।


उपचारकै क्रममा उनको दिउँसो मृत्यु भएको श्रेष्ठले जानकारी दिए । योसँगै बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन आउँदा बाँकेमा मृतकको संख्या ६ पुगेको छ ।

Next Post

कोरोना परीक्षणमा ५२ संक्रमित थपिए

१० आश्विन २०७७, शनिबार १६:२१
नेपालगञ्ज : बाँकेको दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको परीक्षणमा ४९ र बागेश्वरी डाइग्नोस्टिमा गरिएको परीक्षणमा ३ जना थपिएका हुन् । जसमध्ये बाँकेका १६ जना, बर्दियाका ३२ जना, सुर्खेतका ३ र अर्घाखाँचीका १ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये जिल्ला […]

सम्बन्धित