बाँकेका नौ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ४ आश्विन २०७७, आईतवार १६:२५
 

नेपालगञ्ज : बाँकेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा आइतवार गरिएको परीक्षणमा ८ जना र मेडिकल कलेज कोहलपुरको परीक्षणमा १ गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।


योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९९ पुगेको छ । हालसम्म १ हजार २ सय ४४ जना निको भएका छन् ।

Next Post

कोरोना अस्पतालको स्तरोन्नति गरिने छ : मुख्यमन्त्री पोखरेल

४ आश्विन २०७७, आईतवार १६:२५
दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै कोरोना विशेष अस्पतालको स्तरोन्नति गरिने बताएका छन् । दाङ देउखुरीको गढवामा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाका लक्षण भएका विरामीको आइसियुमा उपचार गर्न थालिएको भन्दै अब प्रदेशका ४ वटै अस्पतालमा थप सेवा विस्तार गरिने बताए । […]