बाँकेका सामुदायिक विद्यालयका शिक्षकलाई योग र आयुर्वेद स्वास्थ्य बारे अभिमुखिकरण

सदरलाइन संवाददाता १६ माघ २०८०, मंगलवार १४:४६
 

नेपालगञ्ज : विद्यालय स्तरमा योग र आयुर्वेदको महत्वका बारेमा सचेतना फैलाउदै नसर्नेरोगबाट नागरिकलाई जोगाउने उद्देश्यले बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले बाँकेका सामुदायिक विद्यालयका शिक्षकलाई तिनदिने अभिमुखिकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न गरेको छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका प्रमुख डा. गिता रेग्मीले लुम्बिनी प्रदेस सरकारको आर्थिक सहयोगमा सामुदायिक विद्यालयका स्वास्थ्य तथा शाररीक शिक्षा विषय शिक्षकका लागि योग र आयुर्वेद स्वास्थ्यको महत्वको बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालनमा ल्याएकोे बताईन ।

उनले प्रदेश सरकारको कार्यक्रम अनुसार गतवर्षदेखि बाँकेका सामुदायिक विद्यालयमा योग र आयुर्वेद स्वास्थ्यको प्रभावको बारेमा जानकारी दिदै नागरिकसम्म नसर्ने रोगको सचेतना फैलाउन विद्यार्थी र्माफत सजिलो हुने भएकोले विद्यालय शिक्षकलाई अभिमुखिकरणमा ल्याईएको बताईन ।

उनले भनिन–‘ बजेट अभावका कारण गतवर्ष राप्तीसोनारी गाउपालिकाका विद्यालय शिक्षकलाई सहभागि गराएका थियौ । यो वर्ष खजुरा गाउपालिकाका आधारभूत र माध्यामिक कक्षा सञ्चालन भएका सबै सामुदायिक विद्यालयका शिक्षकलाई सहभागि गराएका छौ ।’

यो कार्यक्रम क्रमिक रुपले बाँकेका सबै पालिकासम्म पुराउने लक्ष लिएको बताउदै कार्यालय प्रमुख डा. रेग्मीले बजेट अभावको कारण हरेक वर्ष एक पालिका भित्रका आधारभूत र माध्यामिक तहका सामुदायिक विद्यालयका स्वास्थ्य र शाररिक शिक्षकलाई अभिमुखिकरण कार्यक्रममा सहभागि गराउने गरिएको बताईन ।


सो अभिमुखिकरणमा सहभागी नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरी खजुराका शिक्षक रुद्रबहादुर रानाभाटले शिक्षकका लागि योग र आयुर्वेद स्वास्थ्यका बारेमा सिकेको कुरा विद्यालयसम्म पुराएर विद्यार्थीको शिक्षण सिकाईमा प्रयोग गर्नसके नागरिकलाई स्वस्थ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सोही अभिमुखिकरणमा सहभागी पशुपति मावि खजुराकी पधानाध्यापक टिका वलीले आफुले सिकेको कुरा कक्षा कोठामा उर्तान सके यसबाट विद्यार्थीहरुमा सकारात्मक सन्देश प्रवाह हुने र योगले शरिर मात्र स्वस्थ्य नभई मन मस्तिष्क पनि स्वस्थ्य पार्ने भएकोले यसका कारण कक्षा कोठामा पनि राम्रो प्रभाव हुने अपेक्षा रहेको बताईन ।

विद्यालय स्तरमा योग र आयुर्वेद स्वास्थ्यको महत्व बुझाउन सकेमा नसर्ने रोगको निराकरण गर्न सजिलो हुने अपेक्षा गरिएको छ । सो कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण

१६ माघ २०८०, मंगलवार १४:४६
नेपालगञ्ज : बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण शुरू भएको छ । मंगलवार राझास्थित श्री ४ नं. बाहिनिमा शुरू भएको उक्त तालिम १९ गतेसम्म सञ्चालन हुनेछ । सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा भइरहेको तालिममा कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत २० जना पत्रकारहरुको सहभागिता छ । तालिमको उदघाटन गर्दै उत्तर पश्चिम पृतना हेडक्वाटर […]

सम्बन्धित