लायन्स क्लवका संस्थापकको जन्मोत्सव साता व्यापी मनाईने

१९ पुष २०७३, मंगलवार ०३:५०
 

 सदरलाइनडटकम   
१९ पुस, नेपालगन्ज : विश्वको सबैभन्दा ठूलो समाजिक र मानविय सेवामा समर्पित लायन्स क्लव अन्तराष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिन साता व्यापि विभिन्न सामाजिक काम गरेर मनाईने भएको छ ।
लायन्सको स्थापना भएको सय वर्ष पुरा भएको अवसरमा स्रहशताब्दी कार्यक्रम तय गर्दै लायन्सका मल्टिपल सेन्टेनियल सेलिब्रेसन कोडिनेटर तथा लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ का पूर्व डिष्ट्रिक गर्भनर सेम शाक्यले लायन्सका संस्थापक मेल्भिन जोन्सको आगामि जनवरी १३ तारिकमा जन्मदिन भएकोले लायन्स स्थापना भएको समेत सय वर्ष र संस्थापक जोन्सको जन्मदिनलाई साताव्यापी विभिन्न रचनात्मक कार्य गरेर मनाउने तयारी भएको जानकारी दिए ।
उनले लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ क्षेत्र नं. ६ का विभिन्न लायन्स क्लवहरुको सक्रियतामा पुस २३ गते बर्दियाको जमुनीमा बृहद स्वास्थ्य शिविरको आयोजना गरिने, २४ गते बाँकेको गनापुरमा स्त्री रोग परिक्षण शिविर र २५ गते मावि लग्दहवामा विद्यार्थीहरुको आँखा परीक्षण गरिने कार्यक्रम तय भएको जानकारी दिए ।
यसैगरी पुस २६ गते कोहलपुर बसपार्कमा सवारी चालकहरुको आँखापरीषण, २७ गते बृहद रक्तदान गरिने, २८ गते बागेश्वरी मन्दीरमा गरिव असाहे दुखिलाई खाना खुवाउने, २९ गते मेल्भिन डे धम्बोझि चोकमा जम्मा भएर सचेतना ¥याली निकाल्ने र २९ गते नै सिद्धार्थ कटेजमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिने बताईएको छ ।



लायन्स क्लवले अन्धोपन निवारण, रक्तदान तथा विभन्न सामाजिक तथा रचनात्मक कार्यहरु गर्दै समाजमा आफुलाई स्थापित गर्दै आएको अग्रणी संस्था भएकोले यस क्षेत्रको विकास निर्माणको लागि आफुहरुले सक्दो पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपालगन्ज नगरमा ५ वटा प्रतिक्षालय निर्माण गर्ने, कारकादो देखि गणेशमान चोकसम्मको ग्रीनबेल्टमा सरसफाई गरी विभिन्न प्रजातिका विरुवा रोप्ने संरक्षण गर्ने र गाभरमा निर्माणा धिन रहेको लायन्स गाभर पार्कलाई अझ सुविधा सम्पन्न बनाउने तिर पहल भएको जनाकारी दिए ।
सो कार्यक्रममा लायन्स लिडरहरु ज्ञानेन्द्र श्रेष्ठ, नवराज पराजुली, चिन्तमणि धिताल, स्रेन्द्र श्रेष्ठ, रमेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको चन्दननाथ मन्दिरबाट हराएका मूर्तिहरु भेटिए

१९ पुष २०७३, मंगलवार ०३:५०
जुम्ला, १९ पुस । जुम्लाको चन्दननाथ मन्दिरबाट हराएका मूर्तिहरु एक महिनापछि भेटिएका छन् । कर्णाली अञ्चलकै प्रशिद्ध चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति २१ वटा मूर्तिहरु चोरी भएका थिए । तर, चाँदीको दत्तात्रयको मूर्तिबाहेक अरु सबै मूर्तिहरु भेटिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अनलाइनखबरलाई जानकारी दिए । भेटिएकामध्ये दुईवटा […]

ताजा अपडेट