भेरीको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३१ भाद्र २०७७, बुधबार १७:४९
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षण बुधवार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १९ सहित ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बर्दियाका ११ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । बाँकेको कोहलपुरमा ८ जना, नेपालगञ्जमा ७, राप्तीसोनारी र खजुरामा दुईदुई जनामा संक्रमण देखिएको छ ।


यस्तै बर्दियाको मधुबनमा ७, गुलरियामा १, बढैयातालमा २ र गेरुवामा १ जनाका साथै सुर्खेतको सिम्तामा १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४० जनामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको अस्तालको सूचनामा उल्लेख छ ।

Next Post

परियोजनाको जानकारी तथ समन्वयात्मक बैठक सम्पन्न

३१ भाद्र २०७७, बुधबार १७:४९
बढैयाताल (बर्दिया ) : बर्दिया जिल्लामा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जले साझेदार संस्थाहरुको साझेदारीमा संचालित कार्यक्रमका बारेमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । बर्दियामा कार्यरत सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बाँके युनेस्को क्वब, बी गु्रपको संयुक्त समन्वयमा बढैयाताल गाउपालिका र राजापुर नगरपालिकामा परियोजना बारे जानकारी तथा समन्वय बैठक […]