कोरोना संक्रमित मृतक महिलाको सेनाद्वारा उच्च सम्मानका साथ अन्तिम संस्कार

सदरलाइन संवाददाता २३ भाद्र २०७७, मंगलवार २३:५२
 

नेपालगञ्ज :  कोरोना संक्रमण देखिएका नेपालगञ्ज–१६ की एक ८० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएपछि उनको शव ईस्लामिक परम्परा अनुसार अन्तिम संस्कार गरीएको छ ।  नेपाली सेनाले उच्च स्वास्थ्य सर्तकता अपनाउदै उच्च सम्मानका साथ मृतकको शव व्यवस्थापन गरेको हो ।

नेपालगञ्ज–१६ की ती महिलामा लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । मृतक महिलामा २१ गते साँझबाट स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज भर्ना गरिएको थियो ।


उनको मंगलबार बिहान सात बजे मृत्यु भएको हो । उनमा कोरोना लक्षण देखिएको कारण गरिएको कोरोना जाँचको रिर्पोट मृत्यु भएपछि पोजेटिभ देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनमा कोरोना संक्रमणको आशंका गरिपश्चात २२ गते बिहान स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो र आज मंगलबार दिउँसो मृत्यु पश्चात आएको परीक्षण रिर्पोटमा पोजेटिभ देखिएको छ । उनको जयसपुरको कब्रस्थानमा ईस्लामिक परम्परा अनुसार नेपाली सेनाले उच्च स्वास्थ्य सर्तकता अपनाउदै अन्तिम संस्कार सम्पन्न गरेको हो । योसंगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Next Post

बाँकेमा बुधवार ७७ जना डिस्चार्ज

२३ भाद्र २०७७, मंगलवार २३:५२
नेपालगञ्ज : बाँकेमा बुधवार ७७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । भेरी अस्पताल नेपालगञ्जका एक डाक्टर, नर्स र कोहलपुरस्थित कौशिल्यानगर व्यारेकका ५१ जना नेपाली सेनासहित ७७ डिस्चार्ज भएका हुन् । उनीहरु १४ दिने आइसोलेशनको बसाईपछि बुधवार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए […]