खजुरास्थित क्यान्सर अस्पताल पनि ‘शील’

; २२ भाद्र २०७७, सोमबार १६:२३
 

खजुरा (बाँके) : दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल शील गरिएको छ । चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल शील गरिएको हो ।

अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीलाई संक्रमण देखिएको छ । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना पुष्टि भएको थियो ।


अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् । उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कर्मचारी कार्यरत छन् ।

Next Post

५० ग्राम ब्राउन सुगरसहित महिला पक्राउ

२२ भाद्र २०७७, सोमबार १६:२३
नेपालगञ्ज  : ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध ब्यूरो नेपालगञ्जको संयुक्त टोलीले जमुनाह नाकाबाट ५० ग्राम ब्राउन सुगरसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्ज–३ कि २८ वर्षिया सन्जनादेवी पटहरलाई प्रहरीको संयुक्त टोलीले सोमबार राती ८ बजे सो परिमाणको ब्राउन सुगर बोकेर भारतीय सीमावर्ती बजार रुपैडिहाबाट नेपाल प्रवेश गर्दै […]