सेवासम्बन्धी जानकारी अब सुबिसुको सेल्फ केयर पोर्टलबाट

सदरलाइन संवाददाता ११ भाद्र २०७७, बिहीबार २३:३३
 

नेपालगञ्ज :  सुबिसु केबल नेट प्रालिले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीको परिचय बनाउन सफल सुबिसुले समयको माग अनुसारको सेवा विस्तार गर्दै सो सेवा सञ्चालनमा ल्याएको हो ।

सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नुको साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सकिने गरी व्यवस्था मिलाईएको छ । भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्ने व्यवस्था थप गरेको छ ।

ग्राहकको सहजता एवमं् सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ ।

सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने जनाईएको छ ।


सुबिसुका बारेमा केही थप जानकारी 

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइपि ट्रान्जिट (Wholesale IP Transit), एमभिपि MVP डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV का बारेमा

Clear TV सुबिसु केबलनेट प्रालि नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरिSet Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

 

 

Next Post

बाँकेका एघार जना डिस्चार्ज

११ भाद्र २०७७, बिहीबार २३:३३
नेपालगञ्ज : बाँकेमा शुक्रवार ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जसमध्ये महिला ३ र पुरुष ८ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बाँकेमा हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर परीक्षण हँुदा ९ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको […]