सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा शुक्रवार ११ सहित २३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षण गर्दा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । तीमध्ये अहिलेसम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । यस्तै बर्दियामा शुक्रवार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।
