नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गरिने : मन्त्री भट्टराई

२५ भाद्र २०७६, बुधबार १९:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थल स्तरोन्नती हुनेमा ढुक्क हुन बाँकेबासीसँग आग्रह गरेका छन् । बाँकेको प्रतिनिधी मण्डलसँग बुधवार आयोजित भेटघाटमा मन्त्री भट्टराईले नेपालगञ्जलाई मुलुककै स्तरीय विमानस्थलका रुपमा विकास गर्न आफु लागिपर्ने प्रतिवद्धता जनाएको भेटमा सहभागी नेकपा बाँकेका नेता रत्न खत्रीले जानकारी दिए ।
मन्त्रालयका तर्फबाट हालै सार्वजनिक गरिएको कार्ययोजनाको २४ नम्बर बुँदामा चालु आर्थिक वर्षमा शुरु गरि तराई मधेसमा रहेका बिमानस्थलहरुको स्तरोन्नति ३ बर्षमा सप्पन्न गर्ने जानकारी दिँदै मन्त्री भट्टराईले त्यसका लागि दशैभन्दा अघि नै मन्त्रीसहित मन्त्रालयको टोलीले नेपालगञ्जमा सर्बदलीय बैठक आयोजना गर्ने बताए । नेपालगञ्जलाई स्तरीय बिमानस्थलकारुपमा बिकास गरिने छ, मन्त्री भट्टराईले भन्नुभयो,– विमानस्थलको स्तरोन्नतीका लागि बाँकेबासीलाई ढुक्क हुन आग्रह गर्दछु ।
सो अवसरमा मन्त्री भट्टराईले नेपालका विभिन्न बिमानस्थलबाट पोखरा उडानको सम्भाब्यता अध्ययनका लागि सुरेन्द्रमान श्रेष्ठको अध्यक्षतामा समितिसमेत गठन गरिसकेको जानकारी दिँदैं समितिको प्रतिबेदन अध्ययनपछि नेपालगञ्ज पोखरा उडानलाई उच्च प्राथामिकता दिने वचन दिएका छन् । टोलीले बागेश्वरी मन्दिरका विषयमा समेत मन्त्री भट्टराईको ध्यानाकर्षण गराएको थियो ।

Next Post

बाँकेबाट तीन हजार खसी पठाईंदै

२५ भाद्र २०७६, बुधबार १९:२२
सदरलाइनडटकम, नेपालगञ्ज : यस वर्ष दशैंका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौं पठाइने भएका छन् । गत वर्षको दशैंमा एक हजार ५०० खसी काठमाण्डौ पठाएकोमा यसपटक त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् । उनका […]