कोरोनाका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरियो

२५ श्रावण २०७७, आईतवार २१:३३
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरीएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारार्थ भर्ना भएकी कोहलपुर नगरपालिका वडा नं. २ की ७० वर्षीया महिलाको आइतवार दिउँसो ३ बजे मृत्यु भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अन्तिम संस्कार कार्यमा समेत सहभागिता रहेको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर उपचारको क्रममा मृत्यु भएकी महिलाको आवश्यक सजगता अपनाएर नेपाली सेनाको भैरवप्रसाद गणको टोलीले सम्मानका साथ अन्तिम संस्कार गरिएको थियो   ।


मृतक महिला न्यूमोनियाबाट ग्रस्त गत २३ गते उपचारको लागि भर्र्ना भएको र साही दिन स्वाब संकलन गरी जाँचको लागि पठाईएकोमा कोरोना पुष्टी भएको थियो । उनको मृत्यु पछिमात्रै कोरोना संक्रमित भएको पुष्टि भएको थियोे ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका एक पुरुष तथा बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेको छ । फोटो : बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङ्गको फेशबुकवालबाट

Next Post

बाँकेमा सडक दुर्घटनाबाट एक वर्षमा ७३ जनाले ज्यान गुमाए

२५ श्रावण २०७७, आईतवार २१:३३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर मात्रै ७३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार गत वर्षको साउनदेखि यो असार मसान्त सममामा साना ठूला गरी जिल्लामा १ सय ९१ वटा सवारी दुर्घटना हुँदा ७३ जनाले ज्यान गुमाएका हुन । जिल्ला ट्राफिक कार्यालय […]