काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्याँसकाे मूल्यमा जनताकाे ढाड सेक्ने गरि वृद्धि गरेको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने क्रममा निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाएको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ ।
याे वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ भने पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग सुर्खेत र दाङमा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।
गत भाद्र २९ गते पनि निगमले पेट्रोलमा १ र डिजर मट्टीतेलमा ३ रुपैयाँ मूल्य बढाएको थियो । भाद्र १४ गते मात्र ग्यासको मूल्य एकैपटक २३५ रुपैयाँ बृद्दी गरेको निगमले आज पुनः २१५ रुपैयाँ बढाएको छ ।