बनकट्टी कृषिस्मार्ट गाउँलाई कृषि उपकरण बितरण

८ श्रावण २०७७, बिहीबार १५:१२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : पाँच नंम्बर प्रदेश सरकारको कृषि स्मार्ट गांउ कार्यक्रम अन्तर्गत डुडुवा गांउपालिका वडान. ३ का किसानहरुलाई कृषि सामाग्री बितरण गरिएको छ ।

परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली अपनाउने प्रदेश सरकारको नीति अनुसार किसानलाई प्रबिधिसंग जोड्न कृषि स्र्माट गाउको अवधारणा ल्याईएको हो ।


बाँके निर्बाचन क्षेत्र नं. २ का सांसद तथा पुर्व शहरी बिकास मन्त्री मो.इस्तियाक राइ , तथा प्रदेश सांसद कृषि वन तथा वातावरण समितिका सभापति बिजयबहादुर यादवले बिहीबार बनकट्टी कृषि स्मार्ट गाउका ६१ जना किसानलाई पानी तन्ने पम्पसेट मोटर, घाँसकाट्ने मेसिन। दुध राख्ने क्यान र डि–फ्रिज बितरण गरेको बनकट्टीका स्थानीयबासिन्दा समेत रहेका सञ्चारकर्मी राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

Next Post

बिहीवार थपिए १ सय ४७ कोरोना संक्रमित

८ श्रावण २०७७, बिहीबार १५:१२
सदरलाइनडटकम, नेपालगञ्ज : बिहीवार देशभर कोरोनाका १ सय ४७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै देशभर संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । देशभर बिहीवार मात्र १ सय ५६ जना डिस्चार्ज भएका छन् । योसगैँ कोरोना मुक्त हुनेको […]