बर्दिया र दाङका थप ४ जनामा कोरोना पुष्टि

२९ असार २०७७, सोमबार १४:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दिया र दाङ गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमवार बर्दिया बढैयाताल २ का २६ बर्षीय पुरुष र मधुबन ९ का १८ बर्षीय पुरुष, दाङ गढवा ३ र ६ का ४० र २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो ४८ घण्टामा गरिएका ८ सय नमुनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Next Post

सोमवार देशभर १ सय ४४ संक्रमित थपिए

२९ असार २०७७, सोमबार १४:४८
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको संख्या १६ हजार […]