ओली–प्रचण्ड सहमतिका लागि छलफलमा जुटे

२३ असार २०७७, मंगलवार ११:५६
 

सदरलाइनडटकम,
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल केही दिनदेखि उत्पन्न विवादको समाधान खोज्न छलफलमा जुटेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अगाडिबाट सुरु छलफलमा पछिल्लो पटक विभाजनसम्म पुग्न लागेको नेकपाको एकतालाई जोगाई राख्न दुवै अध्यक्ष लचिलो हुँदै सहमतिको प्रयास भएको हो ।

दुई अध्यक्षबीच जेठ २ को सहमति कि मंसिर ४ गतेको सहमति वा नयाँ सहमति गरेर अगाडि बढ्ने भन्नेमा छलफल केन्द्रीत रहेको जानकारीमा आएको छ । सम्भवत आजसम्म सहमतिको एउटा खाका तयार हुन सक्ने सम्भावना रहेको नेताहरुले दाबी गरेका छन ।


नक्सा र नागरिकता विधेयक पारित भएपछि ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा गराउन सक्रिय भूमिका खेलिरहेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पनि आवश्यक परे बैठकमा सहभागी गराउने अध्यक्षद्वयको भनाई छ । यद्यपी दुई अध्यक्षलाई नै सहमतिको खाका लिएर आउन भनिएको नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

सोमबार दिउसो करिब दुई घण्टासम्म चलेको ओली–प्रचण्डको ‘वान–टू–वान’ वार्ता सकरात्मक बनेपछि आज पुन छलफलमा जुटेका हुन । प्रचण्डले आलोपालो प्रणाली अनुसार अगाडि बढ्नुपर्ने कुरा उठाएका छन् प्रधानमन्त्री ओलीले मंसिर ४ मा भएको पछिल्लो सहमति अनुसार अगाडि बढ्नुपर्ने कुरा राखेका छन । नेता पुनका अनुसार सबै विचारलाई समेट्दै पार्टी एकताको भावना, निर्वाचनमा प्राप्त जनताको भावनालाई समेट्ने गरी समाधान खोजिने बताए । जनताटाईम्सबाट

Next Post

गएरातीदेखिको वर्षाले बाँकेवासीलाई राहत

२३ असार २०७७, मंगलवार ११:५६
सदरलाइनडटकम, नेपालगञ्ज : गर्मीले आक्रान्त बनेका नेपालगञ्जबासीलाई बर्षाले राहत मिलेको छ । गएरातीदेखि भईरहेको वर्षाका कारण बाँकेलगायत आसपासका जिल्लामा गर्मीबाट केही राहत मिलेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले पश्चिम तराईमा पानी परिरहेको छ । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा गएरातीदेखिनै बर्षा भइरहेको […]

सम्बन्धित