कोहलपुरको लाहुरे रेष्टुरेण्ट एण्ड बारमा तोडफोड

सदरलाइन संवाददाता १४ आश्विन २०७९, शुक्रबार १४:०५
 

कोहलपुर (बाँके : कोहलपुर नगरपालिका–११ चौराह नजिकै रहेका लाहुरे रेष्टुरेण्ट एण्ड बारमा तोडफोड भएको छ । बिहीवार राती करिब १ बजेतिर अज्ञात समूहहरुले तोडफोड गरेका छन् । लाहुरे रेष्टुरेण्ट एण्ड बारका सञ्चालक प्रेम बहादुर शाहीले बोर्ड, बेन्च, टायल, ढोकाहरु तोडफोड भएको बताए ।

केही समयपछि अर्को पसलको ताला समेत तोडफोड भएको छ । तर पसलबाट के के सामान चोरी भएको भन्ने खुलेको छैन । इलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्ले अनुसन्धान गरिरहेका छौं तोडफोड गर्ने व्यक्तिहरु पक्राउ गर्ने बताए ।


२४ सै घण्टा चौराहमा प्रहरीले डिउटी गरिरहको हुन्छ तर तोडफोड हुन प्रहरी ध्यान नदिएको हुनसक्ने स्थानियहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा चाडपर्व लक्षित बजार अनुगमन

१४ आश्विन २०७९, शुक्रबार १४:०५
नेपालगञ्ज : नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन शुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए । उनका अनुसार, बजार अनुगमन […]