राँझामा आकाशे पुलको निर्माण शुरू, अरू ठाउँमा पनि चाँडै शुरू हुने

सदरलाइन संवाददाता ३ मंसिर २०७९, शनिबार १२:५३
 

नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझामा आकाशे पुलको काम शुरू भएको छ । नेपालगञ्जका सडकमाथि बन्ने चारवटा यस्ता आकाशेपुल (ओभरहेड ब्रिज) मध्ये एउटा राझाको पुल निर्माणको काम शुरू भएको हो ।

केही समयअघि नेपालगञ्जका चार ठाउँ र कोहलपुरमा एउटा यस्तै पुलको शिलान्यास भएको थियो । एउटा पुलका लागि करिब ८ करोड २१ लाख बराबर लागत रहेका यी पुलहरूको निर्माण एक वर्षभित्र सकिने निर्माण कम्पनीले जनाएको छ ।


पुल निर्माणको जिम्मेवारी पाएको डायनामिक कन्ट्रक्सनले यहाँका अरू पुलहरूको निर्माण कार्य पनि चाँडै शुरू हुने जनाएको छ । काम गर्दा कुनै अवरोधहरू नभएमा निर्माण शुरू गरिएको एक वर्षभित्र सबै कामहरू सम्पन्न हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उत्साहका साथ मतदानमा सहभागि हुन नरैनापुरका अध्यक्ष शाहको अपिल

३ मंसिर २०७९, शनिबार १२:५३
नरैनापुर (बाँके) : आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका […]