जिल्ला समन्वय समिति बाँकेद्वारा स्थानीय पालिकाको अनुगमन सुरु

१५ बैशाख २०७७, सोमबार २०:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनपछिको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले जिल्ला समन्वय समिति बाँकले स्थानीय पालिकाको अनुगमन सुरु गरेको छ ।

यसक्रममा सोमबार कोहलपुर नगरपालिकाको अवस्थाको बारेमा स्थलगत अवलोकन गरेको छ । सो अवलोकनको क्रममा कोहलपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनको अवस्था तथा लकडाउन प्रभावितलाई बितरण गरिएको राहतको बारेमा बुझ्नका लागि जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव नेतृत्वको टोलीले कोहलपुर क्षेत्रको अनुगमन गरेको हो ।

सो टोलीले सोमबार कोहलपुर नगरपालिका अन्तर्गतका १५ वटै वडाले पहिलो चरणमा वितरण गरेको राहतका बारेमा जानकारी लिनुको साथै जिल्ला बाहिरबाट आएकाहरुलाई राख्न निर्माण गरिएको क्वारेन्टाईनको अवस्थाबारे जानकारी लिएको जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले बताए ।


अनुगमनका क्रममा वडा तथा नगरपालिका कार्यालयबाट हालसम्म वितरण गरिएको राहतको विवरण संकलन गरीएको समन्वय समितिका सदस्य चेतबहादुर घर्तिमगरले जानकारी दिए । उनले गत सोमबारदेखि जिल्ला भित्रका सबै पालिकामा निर्माण गरिएका क्वारेन्टाइन तथा विभिन्न अस्पतालमा स्थापना गरिएका कोरोना आइसुलेसन वार्डहरुको अनुगमन शुरु गरिएको बताए ।

सो अनुगमनका आधारमा तयार पारिएको प्रतिबेदन प्रदेश तथा केन्द्र सरकारलाई पठाईने छ । यसअघि समितिले नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तिसोनारी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाका केही वडाहरुमा अनुगमन गरि सकिएको छ ।

अनुगमनमा समन्वय समितिका संयोजक श्रीवास्तवसँगै सदस्यहरु गुत्तु थारु, घर्तिमगर, जानुका क्षेत्री तथा कर्मचारी सिमा ज्ञवाली र नविन पाल सहभागी भएका थिए ।

Next Post

लकडाउन प्रभावित बटुवाका लागि सञ्चालित निशुल्क भोजन स्थगित, राहत बितरणमा केन्द्रित हुने

१५ बैशाख २०७७, सोमबार २०:४३
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका प्रभावित बटुवालाई बाँकेको कोहलपुरमा निशुल्क भोजनको व्यवस्था गर्दै आएकोमा सोमबारदेखि बन्द गरिएको छ । लकडाउनको कारण विभिन्न जिल्लाका व्यक्तिहरु घर फर्किनको लागि पूर्व–पश्चिम राजमार्ग हुँदै भोकभोकै हिड्ने बटुवालाई लक्षित गरी कोहलपुरका सहयोगी मनहरुको समुहले सञ्चालित निशुल्क भोजन ११ […]