नेपालमा कोराना संक्रमितको संख्या ५१ पुग्यो, १६ जना निको

१४ बैशाख २०७७, आईतवार १३:४५
 

सदरलाइनडटकम,
काठमाण्डौ : पर्साको वीरगञ्जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवैजना वीरगञ्ज निवासी ५० वर्षीय पुरुष हुन् ।
उनीहरुलई हाल वीरगञ्जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारीले बताए । उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको छ ।
यसैबीच वीरगञ्जकै कोरोना विशेष अस्पतालमा उपचाररत चारजना आजै डिस्चार्ज हुँदैछन् । डिस्चार्ज हुनेमा तीनजना भारतीय जमाती हुन् भने एकजना नेपाली युवक रहेका छन् ।

Next Post

राहत बितरणमा खटिने जनप्रतिनिधि र प्रहरीलाई पत्रकार भण्डारीद्वारा एन–९५ मास्क र सेनिटाईजर बितरण

१४ बैशाख २०७७, आईतवार १३:४५
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितको सेवामा खट्ने जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र रेडक्रशकर्मीलाई गुणस्तरिय मास्क र सेनिटाईजर उपलब्ध गराईएको छ । राप्तीसोनारी गाउपालिकाका ९ वटै वडामा प्रत्यक्ष रुपमा राहत बितरण गर्न खटिने वडा अध्यक्षसहित जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र रेडक्रश प्रतिनिधिलाई लक्षित […]