कञ्चनपुरका युवकको कोरोनाबाट मृत्यु

सदरलाइन संवाददाता ३० कार्तिक २०७७, आईतवार १४:३४
 

नेपालगञ्ज : कञ्चनपुरका कोरोना संक्रमित युवकको बाँकेमा मृत्युु भएको छ । कञ्चनपुरको बेलौरी १ का ३२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतवार विहान साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


उनी लामो समयदेखि न्युरो सम्बन्धि विरामी थिए । स्वास्थ्यमा समस्या भएपछि कार्तिक २३ गते कोहलपुरमा भर्ना भएका उनमा २५ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

बाँकेमा सोमवार २३ जना डिस्चार्ज

३० कार्तिक २०७७, आईतवार १४:३४
नेपालगञ्ज : बाँकेमा सोमवार २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय १८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]

सम्बन्धित