बाँकेमा शनिवार ४ संक्रमित थपिए, १० डिस्चार्ज

सदरलाइन संवाददाता ४ मंसिर २०७८, शनिबार १४:१८
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ६९ वटा नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३८ नमुना परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा ३१ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५४ पुगेको छ ।

यस्तै शनिवार १० जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा वर्षाका कारण आएको बाढीमा परि १५ जनाको मृत्यु

४ मंसिर २०७८, शनिबार १४:१८
काठमाण्डौ : भारतको आन्ध्र प्रदेशमा दुई दिन देखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गएको छ । एक सय भन्दा बढी बाढीमा बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार […]