लायन्सले दियो भेरी लगायतका अस्पताललाई पिपिई

१८ चैत्र २०७६, मंगलवार १७:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : विश्वब्यापी फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले आव्हान गरेको लकडाउनको बेलामा लायन्सले स्वास्थ्यकर्मीलाई पर्शनल पोेटेक्टीभ ईक्वीपमेन्ट पिपिई, सेनिटाईजर उपलब्ध गराउनुको साथै मानविय सहयोग सुरु गरेको छ ।

लायन्सका पूर्व ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतानको नेतृतवमा पूर्वी नेपालमा लकडाउन प्रभावितहरुलाई विभिन्न मानविय सहयोग बितरण गर्नुको साथै उपचारको लागि आबश्यक पर्ने पर्शनल प्रोटेक्टीभ ईक्यूपमेन्ट (पिपिई), सेनिटाईजर उपलब्ध गराईएको लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का संस्थापक डिस्टक गर्भनर शेमराज शाक्यले देशभरका विभिन्न अस्पतलको लागि आवश्क पर्ने पिपिई ५ सय पिस र १ हजार लिटर सेनिटाईजर बितरण गरीएको जानकारी दिए ।

लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टक गर्भनर मधुसुधन शर्माले कोरोनाको संक्रमण फैलन नदिनको लागि आव्हान गरिएको लकडाउनमा परेर साँझ बिहानको समस्या भएकाहरुलाई लक्षितगरी खाद्यान्न बितरण गर्ने तयारी गरिएको बताए ।


लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ क्षेत्रनंं ६ बाँके बर्दियाका क्लवहरुको पहलमा कोरोना संक्रमणको उपचारको लागि आवश्यक हुने पिपिई २० थान भेरी अस्पताल, ५ बर्दिया ५ सुर्खेत, ११ कोहलपुर र १६ सुदुर पश्चिम पठाईएको उनले बताए ।

उनले सम्पूर्ण लायन्सकर्मीलाई विपदमा सहयोग गर्नको लागि आव्हान गर्दै लकडाउनको कारण प्रभावितको सेवामा जुट्न स्थानीय सरकारसंगको समन्वयमा आग्रह समेत गरेका छन् ।

Next Post

दशगजामा बितेका ४८ घण्टादेखि १६३ नेपाली अलपत्र, स्थानीय प्रशासन मुकदर्शक

१८ चैत्र २०७६, मंगलवार १७:५१
सदरलाइन / रुद्र सुवेदी नेपालगञ्ज  : कोबिड–१९ (नोबल कोरना) भाईरसको संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको कारण भारतमा आफु कार्यरत रहेको ठाँउबाट निकालिएका नेपाली नागरिकको बितेको ४८ घण्टादेखि दशगजामा बिचल्ली भएको छ । भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा […]