पत्रकारलाई नेपालगञ्ज उद्योग वाणिज्य संघको ग्लोब्स र सेनिटाइजर

१३ चैत्र २०७६, बिहीबार १८:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणबाट जोगाउने उद्देश्यले समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ ।

संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने ती सामाग्री हस्तान्तर गरेका हुन ।


कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा समेत जनतालाई सूचना सम्प्रेशण गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि ग्लोब्स र सेनिटाइजर वितरण गरेको अध्यक्ष मन्सुरीले बताए ।

संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा साथ दिदै बिपत्तकालीन कोष निर्माण गरेको छ भने भेरी अस्पताल, शिक्षण अस्पताल, नेपाली सेना र प्रहरीलाई पिपिआई सहितका अन्य स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

Next Post

‘लकडाउन’मा उपभोग्य सामाग्रीको अभाव हुननदिने नेपालगञ्ज उद्योग वाणिज्य संघको अपील

१३ चैत्र २०७६, बिहीबार १८:४४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले ‘लकडाउन’ का क्रममा दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिनका लागि अत्यावश्यक पसल, व्यवसाय खोल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिवार भएको सर्वपक्षिय बैठकमा खाद्य सामाग्रीको अभाव सिर्जना नदिन संघलाई अग्रसरता लिन आग्रह गरिएको थियो । बैठक पछि संघका अध्यक्ष […]