निर्मलाका लागि न्याय माग्दै बाँकेमा प्रदर्शन

३० भाद्र २०७५, शनिबार १८:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न अपराधीलाई पक्राउ गरि कानूनी कठघरामा उभ्याउन माग गर्दै शनिवार बाँकेमा प्रदर्शन गरिएको छ ।
हत्या गरिएको डेढ महिना बित्दासमेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको र यस अवधिमा देशैभर घटेका यौन हिँसाका घटनाबिरुद्ध नेपालगञ्ज र कोहलपुरमा प्रदर्शन गरिएको हो ।



बिपी चौकमा गरिएको प्रदर्शनमा प्लेकार्डसहित आँखामा पट्टि बाँधेर बिरोध गरिएको थियो । यस्तै कोहलपुरमा महिलाहरुले निधारमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका थिए । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको एक महिना अघि बलात्कार पछि हत्या भएको थियो ।

Next Post

दशै अघि नै कुसुम क्षेत्रमा विजुली झलमल

३० भाद्र २०७५, शनिबार १८:४०
सदरलाइन/ रुद्र सुवेदी,   नेपालगन्ज  : बाँके खासकुस्मा क्षेत्रका स्थानीयबासिको ३२ वर्ष अघिको विजुली सपना पुरा हुने भएको छ । हाल राप्ती सोनारी–१ मा पर्ने सो क्षेत्रमा आगामी असोजको अन्तिम सातादेखि विजुली बाल्न पाउने भएका हुन् । २०४२/०४३ सालदेखि घर अगाडिदेखि नै विद्युतको राष्ट्रिय प्रशारणको लाईन तानेर लगिएको भए पनि उनीहरुको […]

ताजा अपडेट