हिमाली क्षेत्रमा हिमपातको सम्भावना

७ मंसिर २०७६, शनिबार १६:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।
आइतवार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसे छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

Next Post

नेपालगञ्ज विमानस्थलको २० वर्षे गुरुयोजना

७ मंसिर २०७६, शनिबार १६:५०
सदरलाइनडटकम, नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थलको दीर्घकालीन विकास र विस्तारका लागि २० वर्षे गुरूयोजना निर्माण गरी काम सुरु गरिएको बताएका छन् । शनिबार विमानस्थलमा आयोजित सरोकारवालाबीचको छलफलका क्रममा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन । उनले समग्र नेपालगञ्जको विकासको ढोका खेल्ने गरी […]