अर्घाखाँची : सन्धिखर्क नगरपालिका- ५ बागिखोलामा एकजना मजदुरको हत्या भएको छ। कपिलवस्तुको महाराजगन्ज नगरपालिका-६ घर भई हाल सन्धिखर्कको वागिखोलामा मजदुरी गर्ने २२ वर्षीय प्रेम पासवानको आफ्नै दुईदाजुको कुटपिटबाट मृत्यु भएको हो।
कुटपिट गरी भाइको हत्या गर्ने दुईदाजु २९ वर्षीय दयासंकर पासवान र २३ वर्षीय कृष्ण पासवानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिपकुमार डिसिले जानकारी दिए।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2023/10/Ntc-add-1-.jpg)
दाजु दयासंकर पासवानकी श्रीमतीसँग मृतक प्रेम पासवानले ३ वर्ष अघि बिहे गरेका थिए। रिसिबिका कारण हत्या भएको प्रहरीले बताएको छ।