सदरलाइनडटकम,
नेपालगञ्ज : तत्कालिन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको लामो समय बितिसक्दा पनि पार्टी एकताको कार्य ग्रसरुट तहसम्म अझै जारी छ ।
यसैक्रममा शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा न. ६ मा नेकपाका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । हडियाबाबा मन्दीर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हिरा बहादुर बुढाको नेतृत्वमा ३५ सदस्यले सपथ खाएका हुन ।
नेकपा बाँकेका कार्यालय सदस्य तथा नेपालगञ्ज उपमहानगर अध्यक्ष डिल्ली बराल (अमिर) ले सपथ खुवाउदै समायोजन पछि तल्लो तहसम्म मनको एकता पनि हुनुपर्ने उल्लेख गर्दै पार्टीको नीति सिद्धान्तलाई आत्मसाथ गर्दे जनताको हितमा कार्य गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा नगरका सचिव दत्तप्रसाद आचार्यले नयाँ नेतृत्वलाई बधाई दिदै सबैलाई पार्टीको र जनताको वफादार भएर हिड्न सुझाव दिएका थिए ।
नेकपा पार्टीका जिल्ला सदस्य तथा उक्त वडाका इन्चार्ज बसन्त मल्लले आन्तरिक विवादलाई अन्त्य गर्दै सबै मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । कार्यक्रममा रतन शाही, प्रेम शाह, समिरप्रताप सिंह लगायतका नेताहरुले शुभकामना मन्तब्य दिएका थिए ।कार्यक्रममा प्रेमनारायण पाठक, रतन शाही, प्रेम शाह, समिरप्रताप सिंह लगायतका नेताहरुले शुभकामना मन्तब्य दिएका थिए ।