छैठौ प्रधानमन्त्री कप महिला भलिबलको उपाधि नेपाल प्रहरीलाई

२१ फाल्गुन २०७६, बुधबार १९:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी विभागिए टिम नेपाल प्रहरीको पुलिस क्लवले अर्को विभागिय टिम सशस्त्र प्रहरीको एपिएफलाई पाखा लगाउदै चुमेको छ ।

बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनल खेलमा एपिएफलाई २५–१६, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधीमा कब्जा जमाएको हो ।

उपाधीसंगै प्रहरीले नगद २ लाख र उपबिजेता एपिएफले १ लाख र तेस्रो हुने नेपाली सेनाले ५० हजार नगद प्राप्त गरेका छन । तेस्रो स्थानको लागि नेपाली सेनाले न्युडायमण्डलाई पराजित गरेको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भईन ।


त्यस्तै बेस्ट ब्लकरमा सेना कि संगम महतो, बेस्ट सेटरमा प्रहरीकी कमला पुन, बेस्ट सर्भर प्रहरीकै मनिषा चौधरी, बेस्ट लिबरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ, बेस्ट प्रशिक्षकमा प्रहरीका रुपेश बिस्ट र बेस्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना घोषित भए ।

बिजयी खेलाडीहरुलाई राखेपका सद्स्य सचिव रमेश सिलवाल, प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना), नेपालगञ्जका मेयर डां धवल शमशेर राणालगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए ।

बांके जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता संचालन भएको हो ।

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार

२१ फाल्गुन २०७६, बुधबार १९:४८
सदरलाइनडटकम, काठमाण्डौं  : दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भई रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन । प्रधानमन्त्रीलाई बिहीबार चिकित्सकहरुले तरल पदार्थ खान दिएको र मिर्गौला प्रत्यारोपण गर्न अघि चिकित्सकहरुले बनाएको पूर्व योजना अनुसार नै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]

सम्बन्धित