महिला हक्की खेलाडीको विदाई

१५ फाल्गुन २०७६, बिहीबार १६:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पोखरा जान लागेको महिला हक्की टोलीलाई नेपालगञ्ज उप–महानगरपालिकाले शुभकामनासहित विदाई गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले महिला हक्की टोलीलाई बिहीवार उप–महानगरपालिका कार्यालयमा सफलताको शुभकामनासहित विदाई गरे । सो अवसरमा मेयर राणा र उपमेयर मगरले आगामी दिनमा हक्की खेलको नियमित प्रशिक्षणका लागि सहयोग गर्ने आश्वासन दिँदै जीतको शुभकामना दिए ।

Next Post

प्रदेश पाँचका मुख्यमन्त्री पोख्रेल बाँके आउँदै

१५ फाल्गुन २०७६, बिहीबार १६:५२
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरामा सञ्चालि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उद्घाटनका लागि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल आउने भएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय चितवनको सम्बन्धन प्राप्त खजुरा गाउँपालिका वडा नं. ३ जनता नमूना माविमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको फागुन १७ […]