मैनापोखरमा पचास हजारको अवैध सामान बरामद

सदरलाइन संवाददाता २७ चैत्र २०७९, सोमबार १३:५३
 

बर्दिया : बर्दियाको मैनापोखरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ ।

बढैयाताल गाउँपालिका वडा नं.२ फुटहास्थित बाटो छेउमा अवैध रूपमा भारतबाट भन्सार छलीको सामान इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाले बरामद गरेको हो ।


प्रहरीका अनुसार अन्दाजी मुल्य ५० हजार ८ सय १० बराबरको तोरी, माउन्टेन डिउ, चिनी, भेली, पेन्ट, थ्रेसरमा प्रयोग हुने ब्लेड, चक्लेट, नम्किन,सलाई लगायतका किराना सामानहरु बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको हो ।

उक्त सामानहरु आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाभर पार्कमा निर्माण गरिएका शौचालय हस्तान्तरण

२७ चैत्र २०७९, सोमबार १३:५३
नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सरसफाई सुविधा प्रवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित “स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण” कार्यक्रम अन्तर्गत गाभर […]