सदरलाइनडटकम,
नेपालगञ्ज : सम्पादक र पत्रकारबीच नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा बाँके र बर्दियाका विभिन्न सञ्चारगृहका सम्पादक र पत्रकारहरुबीच आइतवार अन्तरक्रिया गरिएको हो ।
स्थानीय तहको मिडिया नीति तथा कानुन सम्बन्धि बिषयमा भएको अन्तरक्रियामा पत्रकारहरु झलक गैरे, शंकरप्रसाद खनाल, कृष्ण अधिकारी, रुद्र सुवेदी, लक्ष्मण ढुंगानालगायतले अनुभव र सुझाव राखेका थिए ।
कार्यक्रममा पाल्पा विकास केन्द्रका किरण कौशलले स्थानीयस्तरमा मिडिया विकासका साथै नीतिगत बहस र संवादका कार्यक्रम रुपन्देही र पाल्पामा यसअघि गरिएपनि अहिले ५ नम्बर प्रदेशका सबै जिल्लामा यस्ता कार्यक्रम गर्न लागेको जानकारी दिए ।
उनले पत्रकारहरुलाई स्थानीय एवं प्रदेश सरकारले बनाउने नीतिदेखि बजेटलगायतका बिषयमा समाचार तयार पार्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको शुरुवात गरिएको बताए ।
