व्यापार व्यवसाय प्रवर्द्धनका लागि स्थानीय सरकार प्रतिबद्ध

८ फाल्गुन २०७६, बिहीबार १६:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले ब्यापार ब्यवसायको प्रवर्द्धनका लागि स्थानीय सरकार आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सधै तयार रहेको बताएका छन् ।
नेपालगञ्ज उप–महानगरपालिकाको आयोजना तथा जर्मन सरकारको प्राविधिक सहयोगमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाअन्तर्गत प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण परिणाम प्रस्तुती कार्यशालामा बिहीवार मेयर राणाले ब्यापार ब्यवसाय बढाउन सवल पक्षमा सरलिकरण र सहजिकरण गर्न तयार रहेको बताए ।
उनले आगामी वर्षदेखि नेपालगञ्जमा आर्थिक प्रवर्द्धन विभाग स्थापना गरेर नयाँ ब्यवसायका लागि सहयोग गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा पहिचान गरिएका क्षेत्रबाट छिटो नतिजा दिने कार्यक्रम तत्काल कार्यान्वयन गर्न मेयर राणाले आग्रह गरे ।
जिआईजेडका प्राविधिक सल्लाहकार फोल्कर स्टिगरवाल्डले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यले आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । ११ दिनसम्म चलेको गोष्ठीमा सहभागी विभिन्न क्षेत्रका ब्यक्तिहरुले नेपालगञ्ज क्षेत्रको आर्थिक विकासमा टेवा दिने प्रमुख चार आधार तरकारी र फलफुल, खाद्य प्रशोधन, दुध(डेरी) र व्यापार(पर्यटन)लाई पहिचान गरेका छन् ।

Next Post

तिर्थयात्रामा गएका ६ नेपालीको मृत्यु

८ फाल्गुन २०७६, बिहीबार १६:४३
सदरलाइनडटकम, काठमाण्डौ : तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीवार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा १८ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । […]

सम्बन्धित