हाइटीको अनाथालयमा आगो लाग्दा पन्ध्र बालबालिकाको मृत्यु

३ फाल्गुन २०७६, शनिबार १६:०३
 

सदरलाइनडटकम,
काठमाण्डौ : हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर मृत्यु भएको बीबीसीले जनाएको छ ।
१३ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । स्थानीय इन्स्टिच्युट फर सोसियल वेलफेयरका निर्देशक एरिएल जोन्टी भिल्ड्रेनले अनुमति बिनानै सञ्चालन गरिएको अनाथालयमाआगलागीका बेला ६० जना बालबालिका रहेको जानकारी दिए ।
बाँकी ४५ जनाको परिवारको खोजी गरेर जिम्मा लगाउने तयारी गरिएको छ । धर्मको प्रचार गर्दै आएको अमेरिकाको पेन्सिल्भानियामा रहेको चर्च अफ बाइबाल अण्डरस्ट्याण्डिङ नामक संस्थाले अनुमति बिनै सञ्चालन गरेको अनाथालयमा आगलागी भएको हो । आगलागिको कारण खुलेको छैन । अनाथालयमा बिजुलीको सट्टा मैनबत्ती बाल्ने गरिएको त्यहाँका कर्मचारीले बताएका छन् ।

Next Post

नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गरिने

३ फाल्गुन २०७६, शनिबार १६:०३
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ । कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्वपश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । लामो यात्राका सवारी र यात्रुलाई […]