सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको महासचिवमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् । संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको मंगलवार गरिएको आन्तरिक निर्वाचन प्रक्रियाबाट ओली महासचिवमा चुनिएका हुन् ।
यसअघि अध्यक्ष, दुई उपाध्यक्ष, कार्यसमिति सदस्य, एशोसिएट र वस्तुगन सदस्यको निर्वाचन भईसकेको छ । कार्यसमिति सदस्यहरुकै आन्तरिक चुनाव वा सहमतिबाट महासचिव, उपमहासचिव, कोषाध्यक्षलगायत वरिष्ठ सदस्य मनोनयन गर्ने प्रावधान रहेको छ ।
