बाँकेमा जलवायु परिवर्तन र अनुकूलन सम्बन्धि सचेतनामूलक कार्यक्रम

सदरलाइन संवाददाता १० चैत्र २०७९, शुक्रबार १५:५०
 

नेपालगञ्ज : बाँकेमा जलवायु परिवर्तन र अनुकूलन सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । विश्व मौसम दिवसको अवसरमा नरैनापुरको बर्फानी बाबा मन्दिर परिसरमा जलवायु परिवर्तन र अनुकूलन सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको हो ।

युवा दृष्टि नेपालको आयोजना एवम् राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकाको सहयोगमा सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रम युवा दृष्टि नेपालका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य टेकनारायण भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी, प्रदेश १(२) का सभापति बलराम शर्मा, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारू, कांग्रेस नेताहरु भानुभक्त भट्टराई, संगिता थारु, भिम राना, अम्मर बुढाथोकी लगायत क्षेत्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेशसभा क्षेत्र कार्यसमितिका पदाधिकारी, सदस्यहरु, पालिका पदाधिकारी, वडा सभापति, तरुण दलका प्रतिनिधि, क्षेत्रीय प्रतिनिधिहरु उपस्थित थिए ।

जलवायु परिवर्तन र यसका असर, अनुकूलनबारे पार्टीका जिम्मेवार तहलाई सुसूचित गर्दै आन्तरिक पर्यापर्यटनलाई बढावा दिने उद्देश्यले कार्यक्रम गरिएको हो । क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा सहहजकर्ताको भूमिका प्रबक्ता तुलाराम खत्रीले निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

द्वन्द्वकालिन घटनाको न्यायको प्रत्याभुति गराउन माग

१० चैत्र २०७९, शुक्रबार १५:५०
नेपालगञ्ज : बाँके राप्तीसोनारीका द्वन्द्व पीडितले द्वन्द्वकालिन घटनाको सत्य उजागर गरि न्यायको प्रत्याभुतिको माग गरेका छन् । एडभोकेसी फोरमले बाँके अगैयामा आयोजना गरेको सत्यको अधिकार दिवस सम्बन्धी कार्यक्रमका सहभागी द्वन्द्व पीडितले द्वन्द्व सकिएको वर्षौँ हुँदा समेत न्यायको प्रत्याभुति गर्न नपाएको गुनासो गर्दै पीडित लक्षित कार्यक्रम ल्याउन स्थानीय सरकारसँग माग गरेका […]