सदरलाइनडटकम,
दाङ : संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रवार दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अनुगमन गरेका छन् । त्यस क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विमानस्थलको वारेमा जानकारी गराए ।
अहिले ७५० मिटर लम्वाई रहेको उक्त बिमानलाई १२ सय मिटर बनाउन प्रयाप्त जमिन भएको भन्दै त्यसलाई स्तरबृद्धि गर्न कुनै कठीनाई नभएको बताए । उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि यात्रुहरुको चाप बढेको भन्दै बिमानस्थलको स्तरबृद्धि गरेर ठूलो बिमान ल्याएमा सहज हुने बताए । उनले अहिले बिमानस्थलमा ईन्धन डिपो र ब्राउजर आबश्यक रहेको बताए ।
