सदरलाइनडटकम,
काठमाण्डौ : २६ प्रकारका औषधी र तिनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको छ ।
भारतको निर्णयसँगै नेपालमा औषधी अभाव हुने ठानिएको छ । नेपालमै उत्पादन हुने औषधीका कच्चा पदार्थ पनि भारतबाट आयात गर्ने गरिएको छ ।
तर भारतले नेपाललाई जरुरी औषधीबारे जानकारी गराए आपूर्तिमा केही सहज बनाउने जानकारी गराएको उपप्रधानमन्त्री एवं कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए ।
