महिला सदस्यलाई नेतृत्व विकास तालिम

२६ कार्तिक २०७६, मंगलवार १८:२०
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा बाँकेको खजुरा क्षेत्रका विद्यालय व्यवस्थापन समितिमा निर्वाचित महिला सदस्यलाई ३ दिने नेतृत्व विकास तालिम आयोजना गरिएको छ ।
तालिम उद्घाटनमा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले विद्यालय सुधारका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताए । उनले काम गर्ने इच्छा चाहनाका साथ निर्वाचित भएर समितिमा प्रवेश गरेका महिलाहरुका लागि नेतृत्व विकास तालिम सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । खजुरा क्षेत्रका १२ विद्यालयका २४ जना महिला सदस्यका लागि नेतृत्व विकास तालिमको आयोजना गरिएको स्रोत व्यक्ति टंक दाहालले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार तथा विद्यालयको समग्र व्यवस्थापकीय पक्षमा नेतृत्वदायी भूमिकामा रहेका उनीहरुलाई तालिम दिएर आफ्नो दायित्व र जिम्मेवारी वहन गर्न थप उर्जा प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाकी नेत्रकला शाहीले जानकारी दिइन् ।

Next Post

बाघले आक्रमण गर्दा खड्काको मृत्यु

२६ कार्तिक २०७६, मंगलवार १८:२०
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  बाँकेको राप्ती सोनारी–८ शिवशक्ति सामुदायिक बनमा घाँस काट्न गएकी एक महिला पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ । यो संगै बाँकेमा दुईदिनको अन्तरालमा बाघको आक्रमणमा परेर दुई महिलाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार मंगलबार बिहान ९ बजे राप्ती सोनारी–८ बालापुरकी […]