टर्कीमा भूकम्प जाँदा १९ जनाको मृत्यु

११ माघ २०७६, शनिबार १८:१०
 

सदरलाइनडटकम,
काठमाण्डौ : टर्कीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ । एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएराति गएको भूकम्पका कारण ९ जनाको ज्यान गएको र केही भवन भत्किएका बीबीसीले जनाएको छ ।
भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण भवनहरुमा क्षति पुग्दा कयौँ घाइते भएका छन् ।
भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएको टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ । भूकम्पका कारण प्रभावित भएकाहरुलाई राहत र उद्धारका लागि ४०० टोली परिचालन गरिएको छ । (एजेन्सी)

Next Post

जैशीको अध्यक्षतामा कर्णाली–बाँके विद्यार्थी मञ्च गठन

११ माघ २०७६, शनिबार १८:१०
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कर्णाली क्षेत्रबाट बाँकेमा अध्ययन गर्न आएका विद्यार्थीहरुको एक भेलाले कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्च गठन गरेको छ । कोहलपुरमा २ सय बढि विद्यार्थीहरुको उपस्थितीमा शनिवार मञ्चको तदर्थ समिति समेत चयन गरिएको छ । मञ्चको प्रथम भेलाले टोपराज जैशीको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । […]

सम्बन्धित