छुट्टाछुट्टै दुर्घटनामा दुई भारतीयको मृत्यु

२५ पुष २०७६, शुक्रबार १४:४६
 

सदरलाइनडटकम,
प्युठान : प्युठानमा स्वर्गद्वारी दर्शनका लागि आएका एक भारतीय नागरिकलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्यूठानबाट दाङ तर्फ आउँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसको टक्करबाट भारतको युपी श्रावस्ती बस्ने २६ वर्षीय गुरु प्रसाद यादवको मृत्यु भएको प्रहरीले बताएको छ ।
सोही स्थानका २३ वर्षीय नथुराम यादवको भने बाँया खुट्टा भाँचिएकाले उपचारको लागि दाङ लगिएको छ । शुक्रवार विहान सोही बसमा स्वर्गद्धारी मन्दिर दर्शन गरी फर्कने क्रममा ओरालो बाटो भएको कारण गाडीबाट झारेर पैदल हिड्दै गर्दा घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
यसैबीच मकवानपुरको भीमफेदी गाउँपालिकामा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार भीमफेदी–९ अघोरमा बिहीवार राति दुर्घटना हुँदा ४५ वर्षीय भारतीय नागरिक सन्तोष सल्वा कुमारको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुने दुवैजना भारतीय नागरिक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका कुमारको शुक्रवार बिहान करीब ६ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते २४ वर्षीया गोपिका नन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी घाइते भएको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Next Post

ऐन संशोधन पारित गर्दै खजुरा गाउँसभा सम्पन्न

२५ पुष २०७६, शुक्रबार १४:४६
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाको विहीवारदेखि शुरु भएको छैठौं गाउँसभा विभन्न नीति, ऐन तथा संसोधन विधेयक पारित गर्दै शुक्रवार सम्पन्न भएको छ । शुक्रवारको बैठकमा कार्यसूची अनुसार विधान समिति संयोजक योगमाया खनालले शिक्षा विधेयक २०७६, मानव बेचविखनविरुद्धको नीति, बाल विवाह अन्त्यका लागि खजुरा गाउँपालिकाको रणनीतिक योजना प्रस्तुत गरिन भने […]