सदरलाइनडटकम,
काठमाण्डौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । जाँचका क्रममा भारतीय नागरिक किजाकेथिल नौसाद पक्राउ परेका हुन् ।
यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा जाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताए ।
यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको छ । भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाण्डौ मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
