नेपाली बजारमा प्याजको मूल्य आकाशियो

१३ पुष २०७६, आईतवार १६:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अहिले नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्याशितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो ।
भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ । नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । हाल नेपालगञ्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो २०० मा कारोवार भइरहेको छ । तीन महिनाअघि प्रतिकिलोको ४० देखि ५० मा कारोवार भएको प्याज तीन महिनाको अवधिमा किलोमा १५० पुगेको छ ।
तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा २५० सम्म प्रतिकिलोको कारोवार भइरहेको उपभोक्ता बताउँछन् । पछिल्लो समय अरू तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन । तर, प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी रु २०० सम्म मूल्य पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगञ्जको रानीतलाउ तरकारी बजारका व्यापारी अरिसली राईले बताए ।
प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाई छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्यधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।
नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महङ्गो मूल्य हो । नेपालगञ्ज–११ का मकसुद राई प्याजको मूल्य मासुभन्दा महङ्गो भएको बताए । एक महिनाअघि प्रति पाँच केजी ४५० मा खरीद गरेको बताउँदै एक महिनामा दोब्बरले वृद्धि भएको राईको भनाई छ ।
प्याजको मूल्यमा वृद्धिसँगै अहिले केही पसलमा प्याज नै पाउन छाडेको छ । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । यस क्षेत्रको ठूलो हिस्सा माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको मूल्य आकाशिएको हो ।

Next Post

धनगढीमा नर्सको शव भेटियो

१३ पुष २०७६, आईतवार १६:५४
सदरलाइनडटकम, कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत एक जना नर्स मृत अवस्थामा फेला परेकी छन् । धनगढी ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका १० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक […]

सम्बन्धित