सदरलाइनडटकम,
दाङ : नम्बर नखुलेको गाडीले ठक्कर दिंदा दाङमा मटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ६ निवासी २२ वर्षीय शिवराज डाँगीेको मृत्यु भएको हो ।
डाँगीको बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । मोटरसाइकल पछाडि बसेका सोही ठाउँका १९ वर्षीय सुमन अधिकारी सामान्य घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५ पहरूवा चोकमा नम्बर नखुलेको गाडीले रा ५ प ७१५३ नम्बरको मोटरसाइकललाई बुधवार ठक्कर दिएको थियो । डाँगी तुलसीपुरबाट काठमाण्डौ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
