कोहलपुरमा ८० प्रतिशत मत खस्यो आजै गणना गर्ने तयारी हुँदै

१४ मंसिर २०७६, शनिबार १७:४७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)   :  बाँकेको कोहलपुर–६ मा वडाध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतदानमा ८० दशमलभ ६४ प्रतिशत मत खसेको छ ।

सो वडामा २०२६ मतदाता रहेको सो वडामा १ हजार ६३४ मत खसेको प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए ।


मतपेटिका मुचुल्का गरी गणना हुने स्थान कृषि विकास बैंकको तालिम केन्द्र पिपरीमा लैजाने तयारी भैरहेको र साँझ ७ बजेदेखि गणना सुरु हुने गरी तयारी भईरहेको बताईएको छ । कडा सुरक्षा घेरामा मतदान सम्पन्न भएको छ ।

Next Post

बिद्युतको पोलमा ठोक्किएर बर्दियामा एकको मृत्यु

१४ मंसिर २०७६, शनिबार १७:४७
सदरलाइनडटकम, राजापुर (बर्दिया ) :  बर्दियामा मोटरसाईकल विद्युतको पोलमा ठोकिएर एकजनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मंगलपुरस्थित सडकमा बा.७४ प २७१३ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर शनिबार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना परी गम्भीर घाइते भएका मोटरसाइकल चालक संगम चौधरीको नेपालगञ्ज नर्सिङ्गहोममा उपचारको क्रममा मृत्यु […]