बस दुर्घटनामा ८ घाइते, दुई गम्भीर

१२ मंसिर २०७६, बिहीबार १३:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : काठमाण्डौंबाट बर्दिया जाँदै गरेको ना ६ ख ६२३१ नम्बरको यात्रुबाहक रात्रीबस बिहीबार बिहान बाँकेको गनापुरमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

मोटरसाईकललाई बचाउने क्रममा अनियन्त्रित भई बस पल्टिदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।


घाइतेहरुको नेपालगञ्ज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भई रहेको छ । गम्भीर अवस्थामा रहेका २ जनालाई भने भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा राजकोट गाउँपालिका ४ हुम्लाका पूर्णप्रसाद ढकाल, राजापुर नगरपालिका ५ बर्दियाका खडकबहादुर चौधरी, सोही ठाउँ बस्ने अनिमा थारु, एन्जल थारु, मधुवन नगरपालिका २ बर्दियाका रबिन हमाल, बढैयाताल गाउँपालिका २ का सुमन सुनार, राप्तीसोनारी गाउँपालिका १ बाँकेका भक्त डाँगी, तुलसीपुर उपमहानगरपालिका ११ दाङकी बिमला भण्डारी रहेका छन् ।
घाइते मध्ये अनिमा थारु र एन्जल थारुको अवस्था गम्भीर भएकाले थप उपचारका लागि भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ ।

Next Post

शुक्रवारदेखि ग्रासरुट फुटबल हुँदै

१२ मंसिर २०७६, बिहीबार १३:४१
सदरलाइनडटकम, नेपालगञ्ज : स्थानीयस्तरमा फुटबलको विकास गर्ने लक्ष्य सहित बाँकेमा शुक्रवारदेखि ग्रासरुट फुटबल प्रतियोगिता २०७६ को शुरुआत हुँदैछ । बाँके जिल्ला फुटबल संघले आयोजना गर्न लागेको ग्रासरुट फुटबल प्रतियोगितामा बाँकेका ९ वटा विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । एउटा विद्यालयको टिममा […]