सदरलाइनडटकम,
काठमाण्डौ : १३ औँ दक्षिण एसियाली खेलकुद सागको महिला भलिबलमा नेपालले विजयी शुरुवात गरेको छ । समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा बुधवार बंगलादेशलाई सोझो सेटमा पराजित गर्यो । नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा बिहीवार भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सेटमा हरायो । महिला भलिबल ‘वेस्ट अफ फाइभ’का आधारमा खेल सञ्चालन हुने छ । प्रतियोगिता औपचारिक शुरु हुन चार दिन बाँकी रहेपनि भलिबलका खेलहरु बुधवारदेखि शुरु भएका हुन् ।
समूह ‘ए’मा रहेको नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रवार भारतसँग खेल्ने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । भलिबलको महिला र पुरुष दुवैमा समान ६ देश सहभागी छन् । भलिबलका खेलहरु त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुँदैछन् ।

